सहारा एकेडेमीको अक्षयकोषमा आर्थिक सहयोग

पोखरा १२, माघ,

तमु धिँ नेपालका अध्यक्ष कर्मा तमुले सहारा एकेडेमिको अक्षयकोष स्थापनाको लागि एक लाख १ हजार १ सय ११ रुपैया सहयोग रकम हस्तान्तरण गरेकी छन् । पोखरा रंगशालामा जारी १५ औं आहा रारा गोल्ड कपको सेमिफाइनलका दौरान बुधबार अध्यक्ष तमुले क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई चेक हस्तान्तरण गरेकी थिइन् ।
त्यसै गरी कास्की समाज कोरियाका अध्यक्ष खुम बहादुर गुरुङले १० हजार आर्थिक सहयोग गरेका छन् । त्यस्तै कास्की समाज जापानबाट तथा पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचन र अमृत आचार्यले ३० हजार आर्थिक सहयोग गरेको छन् ।
एकेडेमीमा १६ जिल्लाका २८ बालकहरु रहँदै आएका छन् । उनीहरुलाई निशुल्क शिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण दिनुका साथै अन्य आवश्यक खर्च गर्दै आएको छ ।

प्रकाशित मितिः बिहिबार, माघ १३, २०७३     4:49:06 AM

Tara Chapagain

See all posts by