११ माघ, राजनीतिक दलहरुले मोर्चाबन्दी गरेर एउटै चुनाव चिन्हमा चुनाव लड्न नपाउने भएका छन् । संसदको राज्य व्यवस्था समिति अन्तरगतको उपसमितिले निर्वाचन आयोगको यो प्रस्ताव अस्वीकार गरेको हो ।
निर्वाचन आयोगले राजनीतिक दलसम्वन्धी विधेयकको दफा ४८ मा चुनावअघि नै दुई वा दुईभन्दा बढी दलले मोर्चाबन्दी गरे एउटै चुनाव चिन्हमा चुनाव लड्न पाउने उल्लेख थियो ।
उपसमिति सदस्य एवं एमाले सांसद रामेश्वर फुयाँलका अनुसार यो दफा नै हटाउने निर्णय भएको छ । एकीकृत नेकपा माओवादीले भने यसमा फरक मत राख्ने बताएको छ ।
प्रमुख दुई दल कांग्रेस र एमाले सुरुदेखि नै मोर्चा बनाएर एउटै चिन्हमा चुनाव लड्ने प्रस्तावको विपक्षमा थिए । कांग्रेसका सदस्यहरुले संशोधन नै हालेका थिए ।
आयोगको प्रस्तावले दक्षिणपन्थी गठबन्धन विकास हुने र नेपालको राजनीतिक पार्टीहरुभित्र भ्रष्टीकरण हुने खतरा भएकाले हटाइएको उनले बताए ।