झापालाई हराउँदै आर्मी सेमिफाइनल

पोखरा १० माघ

त्रिवुभन आर्मी क्लब १५ औं आहा रारा गोल्डकपको सेमिफाइनल पुगेको छ । पोखरा रंगशालामा सोमबार रमपम झापा ११ लाई २–० ले गोलले हराउदै आर्मीले आयोजक सहारा क्लब सगँको भेट पक्का गरेको छ । राष्ट्रिय टोलीका स्ट्राइकर समेत रहेका नवयुग श्रेष्ठ र भरत खवासले हाफमा गोल गरेपछि सेनाले जित निकालेको हो । सहारा र आर्मीबीच माघ १२ गते सेमिफाइनल हुनेछ ।

 

खेलको ४८ औ मिनेटमा नवयुगले  गोलको खाता खोले । सन्तोष तामाङको पासमा गोलकिपर बिट भइसकेपछि नवयुगले हेडमार्फत गोल गरेका थिए । खेलको ६९ औ मिनेटमा भरतले गोल गरे । करिब मैदानको मध्ये भागबाट बल एक्लै अघि बढाउँदै भरतले सेकेन्ड बार च्यापेर गोल गरेका थिए ।

एएनएमाथि ४–१ को सहज निकाल्दै अघि बढेको झापा सेनाको टोलीसँग भने प्रभावकारी हुन सकेन । टोलीले गोलका केही अवसर गुमाएको थियो ।  ५८ औ मिनेटमा झापाका योगेश गुरुङले वान भर्सेस वानमा गोल गर्न सकेनन् । ८२ औ मिनेटमा झापाकै रन्जित श्रेष्ठको फ्रिकिक प्रहार गोलकिपर मुस्किलले जोगाए । आर्मीका लागि १३ औ मिनेटमा सन्तोषको फ्रिकिक बारमा लागेर फर्केको थियो ।

प्रकाशित मितिः मङ्लबार, माघ ११, २०७३     5:41:27 AM

Tara Chapagain

See all posts by