निर्वाचन नर्गने षडयन्त्र सफल हुदैन ,चुनाव हुन्छ हुन्छ , के पी ओली

पोखरा ९ माघ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संसोधन प्रस्ताव फिर्ता लिएर निवाचनको मिति घोषणा गर्न माग गरेका छन् । “राष्ट्रिय एकता समृद्धि र स्वाभिमान, संविधान कार्यान्वयनमा एमालेको अभियान” भन्ने नारा सहित २० ओटा मोर्चा संगनठको पोखरामा आइतबारदेखि सुरु संयूक्त भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै अध्यक्ष ओलीले संसोधनका लागी प्रस्तुत गरिएका चार बुँदा देश र जनताको हित विरुद्ध रहेकाले फिर्ता लिन सरकारलाई आग्रह गरे । उनले संसोधन परिमार्जन गरेपनि नहुने बताए ।

प्रधामन्त्रीसंग कुरा भएको थियो परिमार्जन गरेर पास गरौ भन्नुहुन्छ उनले भने –‘संसोधन फिर्ता लिए अरु कुरा हुन्छ तर परिमार्जन गरेरपनि पास हुदैन् ।’ उनले सरकारले संसोधन फिर्ता लिएपछि मात्रै केमा संसोधन गर्ने अनि विचार गर्न सक्छौ तर अहिलेको प्रस्तावलाई स्वीकार गदैनौ अध्यक्ष ओलीले भने । पूर्वप्रधानमन्त्री समेत रहेका आलीले ओलीले प्रस्ताव जसरीपनि पास गर्ने पक्षमा सरकार लागे अप्रिय अवस्था आउन सक्ने चेतावनी समेत दिए । ‘जसरी पनि प्रस्ताव पास गर्ने पक्षमा सरकार देखिएको छ, त्यस्तो भयो भने अप्रिय अवस्था आउन सक्छ ’ओलीको चेतावनी थियो । एमाले वरिष्ठ नेता एवं पूवप्रधानमन्त्री माधबकुमार नेपालले संविधान कार्यान्वयनम बाधा अवरोध रहेको बताउदै संविधान कार्यान्वयन गर्न निर्वाचन गर्नुपर्नेमा जोड दिए । उनले संविधान संसोधनमा धेरै चलखेल भैहरेको बताउदै सवै सहजग हुनुपर्ने बताए ।

देशको स्वाभिमान, अखण्डता र सार्वभौमता जोगाउन निवाचनमा एमालेले जित्नुपर्ने बताउदै अव ध्यान निवाचनमा केन्द्रीत गर्न कार्यकतालाई आग्रह गरे । उनले नेपालभित्र विदेशीको चलखेल र चासो बढेको बताउदै विदेशी सामु नेपाल र नेपालीको शिर निहुराउने काम एमालेले नगरेको बताउदै अव पनि त्यस्तो हुन नदिने बताए । उनले नेपालमा धार्मिक, जातीय र भाषालाई उचालेर विभाजनको षड्यन्त्र भैरहेको बताउदै षडयन्त्र विरुद्ध सशक्त रुपमा उभिनुपर्नेमा जोड दिए । कार्यक्रममा एमाले प्रदेश नम्वर चारक संयोजक किरण गुरुङ युवा संघ अध्यक्ष राजीव पहारी, सचिव योगेश भटराई लगायतले अगामी निवाचनमा ठुलो पार्टी बनाएर राष्ट्रियता एकता कायम गदै देशलाई आर्थिक समृद्धि तर्फ देशलाई बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रम एमाले मोर्चा संगठनका प्रमुख गोकर्ण विष्टको अध्यक्षतामा भएको थियो । माघ ११ गतेसम्म संचालन हुने भेलामा २० मोर्चा संगठनका ४ सय जनाको सहभागीता रहेको छ ।भेलामा युवा संघ, अनेरास्ववियू, किसान महासंघ, मुक्ति समाज, प्रेस चौतारी, जिफन्ट, बृद्धिजिवि,प्रगतिशिल कानुन, खेलकुद महासंघ, उद्योग बाणिज्य महासंघ, मानव अधिकार एलाइन्स, पेशागत महासंघ, जनसांस्कृतिक महासंघ, लोकतान्त्रिक मधेशी, प्रवाशी नेपाली संघ भारत, अखिल भरत नेपाली, आदिबासी जनजाती, भुमिहिन किसान, मुस्लिम इत्तेहाद, अपाङ्ग संगठन, भूतपूर्व प्रहरी र स्वतन्त्र विद्यार्थी यूनियन लगायतका संगठनका इन्चार्ज, सहइन्चार्ज देखि अध्यक्ष र केन्द्रीय पदाधिकारीहरु सहभागीता छ ।

प्रकाशित मितिः आइतवार, माघ ९, २०७३     7:50:53 PM

Tara Chapagain

See all posts by