आयोजक सहारा आहा रारा गोल्डकपको सेमिफाइनलमा

आयोजक सहारा क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । भारतको सिक्किम युनाइटेडलाई शनिबार टाइब्रेकरमा ४–२ ले हराउँदै सहाराले अन्तिम चारको यात्रा तय गरेको हो । सिक्किम यसअघि पहिलो सहभागितामा क्वार्टरफाइनलमा नै सहारासँगै २–० ले पराजित भएको थियो । अब सहाराले त्रिभुवन आर्मी र रमपम झापा ११ को विजेतासँग माघ १२ गते सेमिफाइनल खेल्नेछ ।

 

त्यसअघि पोखरा रंगशालामा निर्धारित ९० र थप ३० मिनेटमा गोल नभएपछि टाइब्रेकरमा निर्णय भएको थियो । टाइब्रेकरमा साहाराका गोलकिपर सुजित गुरुङले एउटा पेनाल्टी रोके भने अर्को पेनाल्टी सिक्किमका खेलाडीले चुकाएका थिए ।
सिक्किमका लागि दोस्रो पेनाल्टी हानेका सोनाम तोप्देनको प्रहार पोस्टमाथिबाट बाहिरिए को थियो । टोलीका लागि चौथो पेनाल्टी हानेका आशिष क्षेत्रीको प्रहार सुजितले रोक्दै सहाराको सम्भावना बलियो बनाएका थिए । सहाराका लागि चौथो पेनाल्टीमा कप्तान उत्तम गुरुङले गोल गरेपछि दुवै टोली अन्तिम पेनाल्टी हानै परेन र सहारा ४–२ ले विजयी भयो ।
सहाराका लागि उत्तमअघि सुसन गुरुङ, शिव सुवेदी,रमेश मगरले गरे । सिक्किमका लागि सञ्जय क्षेत्री र फुर्बा छिरिङ लेप्चाले गोल गरेका थिए । त्यसअघि निर्धारित र थप समयमा दुवै टोलीले केही मौका पाएपनि गोल गर्न सकेनन् । जसका कारण खेल हर्न उपस्थित झन्डै ५ हजार दर्शकलले गोल हेर्न पाएनन् ।

 

गत बर्षपनि यी दुई टोलीबीच क्वार्टरफाइनलमा भेट भएको थियो । दास्रो भेटमा पनि सिक्किमले सहाराको चुनौतिलाई पार गर्न सकेन । तुलानात्मक रुपमा सहारामाथि सिक्किम हावी भएको थियो । यसपटक पनि संयोगले दुवै टोलीको भेट क्वार्टरफाइनलमा भएको थियो । सहाराले सुदूरपश्चिम ११ लाई ४–० ले हराएर सिक्किमसँगको भेट पक्का गरेको थियो । ११ औं संस्करणको विजेता समेत रहेको सहारा गत बर्ष सेमिफाइनलबाट अघि बढ्न सकेको थिएन ।
दुवै हाफमा एक एक खतरनाक आक्रमण क्रसबारमा ठोक्किएर फर्कनु सिक्किमका लागि दुर्भाग्य साबिक भयो । ६१ औं मिनेटमा सिक्किमका सञ्जय क्षेत्रीको क्रसमा अफजल अन्सारीको हेड प्रहार र २९ औं मिनेटमा सोनाम टोप्देनको क्रसमा नाडोङ भुटियाको हेड प्रहार क्रसबारमा लागेर फर्केको थियो ।

 

 

प्रकाशित मितिः शनिबार, माघ ८, २०७३     7:24:55 PM

Tara Chapagain

See all posts by