होटल संघ नेपालकी बरिष्ठ उपाध्यक्ष सिर्जना राणाले पर्यटनको विकासका लागि प्रवद्र्धन मुख्य कुरा भएको बताउँदै सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने गरी संघले काम गरिरहेको जानकारी दिइन् । भारत र चीनबाट बढी भन्दा बढी पर्यटक ल्याएर नेपाली होटलको अकुपेन्सी पूर्ण गर्न तर्फ व्यवसायी र सरकारको ध्यान हुनुपर्ने सुझाव उनको थियो ।
राष्ट्रिय पर्यटन परिषद्का सदस्य वासुृदेव त्रिपाठी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवं संघका सल्लाहकार विश्वशंकर पालिखे, संघका निवर्तमान अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, पोखरा पर्यटन पुनर्जागरण समितिका संयोजक गणेशबहादुर भट्टराई र पश्चिमाञ्चल होटल संघ पोखराका प्रथम उपाध्यक्ष विकल तुलाचनले पनि सो अवसरमा भनाई राखेका थिए । महासचिवको हैसियतमा संघको तर्फबाट भेकेन्द्रकुमार श्रेष्ठले आफ्नो प्रतिबेदन प्रस्तुत गरेका थिए । आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याएकोमा संघका अध्यक्ष भरतराज पराजुलीले सबैलाई धन्यबाद प्रकट गरेका थिए । होटलको लगानी संरक्षण र पर्यटकीय विकास तथा प्रवद्र्धनमा गंभीर बन्न उनले होटलकर्मीसँग आग्रह गरे ।
सो अवसरमा संघको नयाँ भवन निर्माणमा महत्वपूर्ण योदान गर्ने र खल्तीको पैसा प्रदान गरी उक्त कार्यलाई महत्वपूर्ण रुपमा सघाएकोमा संघका सदस्य, सल्लाहकार र कार्यसमिति सदस्य तथा अन्य महानुभावलार्य दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । यसैगरी नागरिक दैनिकका पोखरा समाचारदाता सन्तोष पोखरेललाई पर्यटन र भूकम्पको समाचार लेखी महत्वपूर्ण योगदान गरेको भन्दै संघका तर्फबाट १५ हजार राशिको पुरस्कार प्रदान गरिएको थियो । संघका कार्यालय प्रमुख रामप्रसाद खनाल र मिडिया संयोजक रुपनारायण ढकाललाई पनि सो अवसरमा सम्मान गरिएको थियो । पश्चिम पृतनापति जगदीश पोखरेल र बरिष्ठ उपाध्यक्ष राणाले उनीहरुलाई सम्मान गरेका हुन् ।