चाइनिज ल्होसारको अवसरमा पोखरामा महोत्सव

पोखरा, माघ ७ गते । अग्रेजी नयाँ वर्षमा सडक महोत्सव र नेपाली नयाँ वर्षमा नव वर्ष महोत्सव हुदेै आएको पोखराको पर्यटकीय क्षेत्र लेकसाईमा यस वर्षदेखि नयाँ महोत्सव आयोजना हुने भएको छ । चाइनिज ल्होसार(नयाँ वर्ष)को अवसरमा शनिबार बसन्त कला महोत्सव आयोजना हुने भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चिनिया समाचार संस्था सिन्हाको संयोजनमा नेपाल चिन जनमैत्री संघ, पोखरा उद्योग बाणिज्य संघ, रेवान पोखरा, पश्चिमाञ्चल होटल संघ, नाटा पोखरा लगायतका संस्थाले संयूक्त रुपमा महोत्सव आयोजना गर्न लागेका हुन् ।
पोखरामा धेरै पर्यटक आउने देश चिनको नयाँ वर्षको अवसरमा महोत्सवको आयोजना गर्न लागिएको आयोजक पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिनुभयो । ‘पोखरामा चिनिया पर्यटन प्रवद्धन गर्न महोत्सव गर्न लागेका हौ ।’ भुकम्प जानु भन्दा अगाडी पोखरामा वाषर्र््िाक १ लाख चिनिया पर्यटक आउने गरेको र त्यसपछि आधा घटेको बताउदै चिनिया ल्होसारमा पोखरा जानुपर्छ भन्ने भावनाको विकास गराउन यस वर्षदेखि महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो ।
यो पहिलो भएकाले एक दिनमात्रै गर्ने योजना बनाएका छौ आगामी वर्षदेखि तिन दिनसम्म महोत्सव आयोजना गर्ने लक्ष्य राखिएको पालिखेले बताउनुभयो । ‘तिन दिने कार्यक्रम गर्ने तयारी भैरहेको थियो तर प्राविधिक रुपमा समस्या आएकाले शनिबार साँझ पाँच बजेदेखि आठ बजेसम्म बसन्त कला महोत्सव गर्दछौ ।’ महोत्सवमा चिनिया साँस्कृतिक कार्यक्रमहरु रहने छन् । महोत्सवमा सहभागी हुन चिनको हुनान प्रान्तको साङसङ शहरका नगर प्रमुख र कलाकार विहिबार नै पोखरा आउनु भएको छ ।
महोत्सव फेवाताल किनार अम्वोट र चिनियाँ रेष्टुरेण्ट अगाडीको सडक किनारामा आयोजना हुने छ । महोत्सवमा आउनका लागी पोखरा र काठमाडौमा रहेका चिनिया पर्यटकलाई निम्तो गरिएको आयोजकले जनाएको छ । बढि भन्दा बढि चिनिया पर्यटकलाई आकर्षण गर्न महोत्सव गरिएको र यो नयाँ पर्यटकीय आकर्ष बन्न सक्ने बतााइएको छ । पोखरालाई उत्सव र महोत्सवको शहर बनाउने अभियान सहित अगाडी बढेको बताउदै पालिखेले पर्यटकलाई आकर्षण गर्न विभिन्न खाले कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मितिः शुक्रबार, माघ ७, २०७३     5:46:36 PM

Tara Chapagain

See all posts by