रमपम झापा ११ पोखरामा जारी १५ औँ आहा रारा गोल्डकप फुलबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रबेश

रमपम झापा ११ पोखरामा जारी १५ औँ आहा रारा गोल्डकप फुलबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रबेश गरेको छ । पोखरा रंगाशालामा बिहिबार भएको खेलमा पाहुना टोली ए एन ए अमेरिकालाई ४—१ गोल अन्तरले हराउदै झापाले अन्तिम आठमा स्थान बनाएको छ । झापाको जितको लागी कर्ण सुब्वाले ह्याट्रिक पुरा गरेका थिए । सुब्बाले खेलको २४,३० र ९० औँ मिनेटमा गोल गरेको हुन । झापाको लागि अर्को गोल ७४ औं मिनेटमा बुद्ध चेम्जोङले गरेका थिए । ए एन ए अमेरिकाको तर्फबाट ८५ औं मिनेटमा शिशिर विश्वकर्मा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच झापा ११ का कर्ण सुब्वा घोषित भएका छन् । पहिलो पटक प्रतियोगितामा सहभागीता जनाएको पाँहुना टोली पहिलो खेलबाटै घर फर्किएको छ ।झापाले सेमिफाईनल प्रवेशका लागि माघ १० गते आर्मी क्लबसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत अन्तिम प्रि क्वाटरफाईनल खेलमा भोलि नेपाल प्रहरी र संकटा क्लब खेल्नेछन् । प्रतियोगिताको फाईनल खेल माघ १५ गते हुनेछ ।

प्रकाशित मितिः बिहिबार, माघ ६, २०७३     6:30:15 PM

Tara Chapagain

See all posts by