चण्डिका आमा समुहमा रानाभाट, जेष्ठ नागरिक सम्मानित

पोखरा । पोखरा उपमहानगरपालिका वडा नं.९ मा रहेकोे चण्डीका आमा समुहले आफ्नो चौथो बार्षिक साधारण सभा एवं दोस्रो अधिबेशनको अबसरमा जेष्ठ नागरिक र वडा सचिवलाई सम्मान गरेको छ ।

जसमा ८० वर्ष काटेका पुर्णबहादुर रानाभाट/झ्यापु रानाभाट र सम्टु छिरिङ गुरुङ/पेम्ब याङजिङ गुरुङ तथा ७० वर्ष काटेका जेष्ठ नागरिकहरु ओमकुमारी खवास, विष्णुमाया केसी, भिमकुमारी थकाली, लक्ष्मी माया श्रेष्ठ, तिलादेवि पोख्रेल, विष्णुमाया सिग्देल, सीता नेपाली, विपि कुमारी गुरुङ, रेवतीमाया सिग्देल, गिरिधारी सिग्देल, खिरमाया श्रेष्ठ, तुलसा पुन, मैना सुवेदी, तारकबहादुर गुरुङलगाएत २० जना जेष्ठ नागरिकलाई दोसल्ला, अविरले सम्मान गरिएको थियो ।

सोही अवसरमा वडा कार्यालयका सचिव लोकदर्शन कोईराला पाँचौ नायव सुब्बामा पदोन्नती भएकोमा आमा समुहले दोसल्ला र अविर लगाएर सम्मान गरको थियो।

अधिवेसनले विमला रानाभाटको अध्यक्षतामा १३ सदस्यिय कार्य समिति चयन गरेको छ । समुहको उपाध्यक्षमा गंगा सुवेदी, सचिवमा सिता नेपाली, सहसचिवमा खिमा गुरुङ, कोषाध्यक्षमा देउमाया पुन, सहकोषाध्यक्ष शान्ति भुजेल मगर र सदस्यहरुमा विना श्रेष्ठ, मिना सिग्देल, शकुन्तला खवास, देवी सिग्देल, कृष्णमाया कार्की, कमला पाण्डे र मेनका श्रेष्ठ सर्व सम्मत चयन भएका छन्।

त्यसैगरी सल्लाहकारमा हरिमाया गुरुङ, शारदा सिग्देल, सरस्वती कोईराला र पुष्पकुमारी आचार्यलाई चयन गरेको छ। कार्यक्रममा प्रमुख अतिथि संचारकर्मी तथा ब्युटिसियन मीना गुरुङले जेष्ठ नागरिकहरुलाई सम्मानीत गरेर उनिहरुलाई हौसला बढाउने कार्यले समाज र परिवारमा सकरात्मक उर्जा थपिने वताउँदै समुहले गर्ने कुनै पनि तालिमका कार्यहरुमा सहयोग गर्ने वताईन।

सम्मानित वडा सचीव लोकदर्शन कोइरालाले आफुले वडा भित्र हुने कुनै पनि विकास निर्माणका कामलाई समानरुपमा सहयोग गर्दै आएको र महिला शसक्तिकरणका तालिमहरु धेरै गर्नुपर्ने आवश्यकता रहेको वताए।

कार्यक्रममा टोल बिकास संस्था नगर समन्वय समितिका प्रथम उपाध्यक्ष उत्तम जोशी, नागढुङगा आमा समुहकि अध्यक्ष लक्ष्मी गिरि, अस्थायी प्रहरी विट तुल्सीघाटका इन्चार्ज गौतम श्रेष्ठ, महिला समन्वय समिति पोखरा ९ की अध्यक्ष दिलमाया गुरुङ, चण्डिमाई सेवा समितिका उपाध्यक्ष हरि भुजेल, सञ्चारकर्मी खिमा गुरुङलगाएतले वोलेका थिए।

समुहकी अध्यक्ष सरस्वती कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत सदस्य सीता नेपालीले र संचालन सचीव बिमला रानाभाटले गरेकी थिइन ।

प्रकाशित मितिः शुक्रबार, पुस २९, २०७३     10:30:34 AM

admin

See all posts by