हस्तकला व्यापार मेलामा १० करोडको कारोवार हुने

राजधानीको भृकुटीमण्डपमा सुरु भएको १४ औं हस्तकला व्यापार मेलामा १० करोड भन्दाबढीको कारोवार हुने अनुमान गरिएको छ । चीन, ईरान, संयुक्त अरव इमिरेट्स, भुटान श्रीलंका लगायतका देशहरुबाट २० भन्दाबढी विदेशी आयातकर्ता आएका यो मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका लगायतकोउत्पादनको कारोवार बढी हुने जनाइएको छ ।

यो मेलामा यसका अलवा सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु साथै जडिवुटी, अर्थोडक्स चिया लगायतका १ सय ७६ स्टल रहेका छन् ।

मंसिर १४ गतेसम्म सञ्चालन हुने मेलामा घरेलु उद्योग महासंघका जिल्ला हस्तकला संघहरु, बस्तुगत संघहरुको साथै ती संघमा आवद्ध करिव २५ वटा जिल्लाका सदस्य उद्यमी ब्यवसायीहरु, काठमाडौं उपत्यका लगायत देशको विभिन्न भौगोलिक क्षेत्रको जाति जनजातिको प्रतिनिधित्व गर्ने स्थानीय हस्तकला सामाग्रीहरु प्रदर्शन गरिएका छन् ।

उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गरेको मेलामा झण्डै २ लाख आगन्तुक आउने अनुमान गरिएको छ ।

प्रकाशित मितिः शनिबार, मंसिर ११, २०७३     11:07:24 PM

admin

See all posts by