अभिनेत्री केकी अधिकारी अचेल रोमान्टिक बनेकी छन् । राम सिटौलाको शब्द तथा संगीतमा पदम आचार्यको स्वर रहेको गीत ‘क्या दामी’को भिडियोबाट पनि सो अनुमान लगाउन सकिन्छ ।
भिडियोमा केकीलाई बिनोद न्यौपाने साथ दिएका छन् । रोमान्टिक बेशमा तयार गरिएको भिडियोमा केकी लजाउँदा समेत निकै राम्रो देखिने चर्चा भएको छ ।
भिडियो बिसाल भण्डारीले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको छायाँकन र निसान घिमिरेको सम्पादन रहेको छ ।